105th Devkota Jayenti in NH

न्युहेम्प्सर मा मनाइयो १०५ देबकोटा जयन्ति 

 

अमेरिकाको न्युहेम्प्सर राज्यमा बासोबास गर्ने नेपाली हरु बाट  हालै १०५ औ महाकबी लक्ष्मीप्रसाद देबकोटा जयन्ति एबम अ ने सा स न्युहेम्प्सर इकाइको प्रथम वार्षिकोत्सव एक भब्य कार्यक्रमका साथ सम्पन भएको छ .

 

उक्त कार्यक्रमा का प्रमुख अतिथि प्रा .ठाकुर प्रसाद पराजुली तथा बिशेष अतिथि मेनचेस्टर शहरका मेयर टेड को हात् बाट  सो अबसरमा आयोजित कविता प्रतियिगिता मा बिजयी एबम बिभिन्न क्षेत्रका समाजसेवी हरु लाइ सम्मान ,पुरष्कार र प्रमाण पत्र हस्तान्तरण वितरण भएको थियो .

अ ने सा स न्युहेम्प्सर इकाई का सभापति श्री अग्नि पराजुली को सभापतित्वमा भएको कार्यक्रम को संचालन सस्थाका महासचिब श्री ईश्वरी भट्ट ले गर्नु भएको थियो भने संरक्षक उमेस कोइरालाले आगन्तुक पाउन हरु लाइ खादा ओढाएर स्वागत गर्नु भएको थियो .

 

कार्यक्रम लाइ रोचक बनाउन राफल चिठ्ठा समेत राखिएको थियो भने समाजका बिभिन्न व्यक्तित्व हरुले आ आफ्नो कविता पाठ गर्नु भएको थियो जस मध्य विजय लामा प्रथम ,सुरेन्द्र आचार्य द्वितीय ,अन्जु भण्डारी तृतीय तथा जयन्ति आचार्य र सावित्रीदेवी आचार्य ले सान्त्वना पुरस्कार पाउनु भएको थियो .

 

देबकोटा जयन्ति  कार्यक्रम समाप्ति पश्चात  समुदायको जेष्ठ व्यक्तित्व एबम सो सस्थाका आजीवन सदस्य खेडीमान राइको सभापतित्वमा सस्थाको बार्षिक साधारण सभा बसेको थियो .महासचिब श्री ईश्वरी भट्ट ले बार्षिक प्रतिबेदन ,कोषाध्यक्षले बार्षिक आम्दानि खर्च को विवरण सुनाउनु भएको सो कार्यक्रममा उक्त सस्था लाइ बिशेष सहयोग गर्नु हुने न्युहेम्प्सर नेपाली संघ का अधक्ष रबिन थापा ,एन आर एन अमेरिकाका पुर्ब अन्तरिम सभापति श्री शिब कुमार राइ .समाज सेवी लाक्पा शेर्पा ,टिका आचार्य ,प्रमोद न्यौपाने ,र कर्मा ग्याम्पो लाक्पा शेर्पा लाइ बिशेष धन्यवाद दिदै कार्यक्रम सम्पन भएको थियो